‘भीसीटिएस’ अध्ययन गर्न कार्यदल गठन « Khabarhub

‘भीसीटिएस’ अध्ययन गर्न कार्यदल गठन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

कार्यदलमा अर्थ मन्त्रालयका २ जना, नेपाल उद्योग वाणिज्य महासंघका २ जना र विज्ञहरुको तर्फबाट एक जना प्रतिनिधि रहने सहमति पनि गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सो प्रणाली लागू गराउन आवश्यक पूर्वाधारको विकास समेत नभएको भन्दै उद्योगीहरुले विरोध गरिरहेका थिए । यस सम्बन्धमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन गरिएको र त्यसले एक हप्ता भित्र बुझाउने सुझावको आधारमा ती समस्या समाधान गर्न सरकार सकारात्मक रहेको पनि महासंघकी अध्यक्ष राणाले बताइन् ।

महासंघले अर्थमन्त्री खतिवडालाई स्थानीय स्तरमा हुने ढुवानी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : २३ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि