भदौ ७ गतेदेखि गोसाइँकुण्ड मेला, चिकित्सक टोली तयारी अवस्थामा « Khabarhub

भदौ ७ गतेदेखि गोसाइँकुण्ड मेला, चिकित्सक टोली तयारी अवस्थामा


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार सङ्घले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो ।

गोसाइँकुण्ड मेला भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ । गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइँमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित ६ चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए ।

उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाई एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । उक्त टोलीमा डा. निसान्त जोशी, डा. पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् ।

सङ्घले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ ।

‘दर्शनार्थीलाई चिकित्सकसहित औषधी, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ’, कार्यकारी निर्देशक बत्स्यालले बताए । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १० : २२ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन

आलुमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी