एमालेले बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री « Khabarhub

एमालेले बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् ।

आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे ।

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।

मन्त्री डा महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए ।

मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराए ।

उनले भने, ‘आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।’

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १ : २८ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत