बाँदरको आतङ्क : भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप « Khabarhub

बाँदरको आतङ्क : भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले बाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसान चिन्तित छन् । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा परेका छन् ।

“दुई वर्षअघि पाँचमुरी मकै भित्र्याएको थिए, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभर बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै मकै सखाप पार्छ, न समय रह्यो न मकै”, फारमले भने, “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्‍यो सम्पन्न व्यक्ति बसाइँसराइ गरेर जाने हामीजस्ता किसानलाई बाँदरले निकै समस्या पार्‍यो ।”

बाँदर हेर्न दिनभरि बारीमा बसे पनि मकै जोगाउन नसक्दा किसानको समय र मकै दुवै खेर गएको छ । अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ ।

बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौरलगायतका क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनसमेत स्थानीय पालिकामा वडामार्फत जानकारी गराए पनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानको गुनासो छ ।

“अहिले मकैका घोगा छैनन्, डाँठ मात्रै छन् भाँचेर गाईभैँसीलाई खुवाउनसमेत नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जङ्गलका बाँदर यहाँ आउन सहज भयो”, अर्का पीडित किसान जीवनले भने, “बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ, यहाँ स्थानीय जातको लङ्गुर बाँदरको बथानै छ, पहिला एक दुई पटक बाँदर आएको देखिन्थ्यो, अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्य नै नभएपछि त्यसै छाडियो ।”

सिसाखानीका स्थानीय दानबहादुर श्रीसका अनुसार पछिल्लो समय सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलनसमेत नभएकाले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । बाँयचौरलगायत सिसाखानीका एक दर्जन गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताए ।

सत्तरीभन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा पछिल्लो समय बाँदरको समस्या बढ्दै गएको बडिगाड–३ का वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिए । पुनले बाँदरका कारण किसान अहिले पीडित बनेको जनाउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताए । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  २ : २९ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल