फेसबुक ह्याक गरी ठगी गर्ने ५ जना पक्राउ | Khabarhub Khabarhub

फेसबुक ह्याक गरी ठगी गर्ने ५ जना पक्राउ


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ठगी गरेको घटनामा संलग्न ५ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । उनीहरुलाई काठमाडौँको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : १४ बजे

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०

आँप खाँदा आउन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं- यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै