जुम्लामा नदीले बगाउँदा एकको मृत्यु « Khabarhub

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए ।

हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन् । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो । नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन ।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : २५ बजे

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान