घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ? | Khabarhub Khabarhub

घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ?


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


46.7k
Shares
  • change font
  • change font
  • change font

हामीले विशेष गरी शहरी क्षेत्रमा बस्ने मानिसका घर, कोठा, अफिस तथा विभिन्न भवनका भित्तामा समुद्रमा दौडिरहेका सात घोडाको तस्वीर देख्ने गरेका छौँ । के तपाईँलाई थाहा छ यो तस्वीर किन राखिन्छ ? आज हामी तपाईँलाई यसैको महत्व र प्रभावबारे जानकारी गराउने छौँ ।

नेपाली वास्तु शास्त्रअनुसार सातको अङ्कलाई निकै शुभ मानिन्छ । सप्तर्षि, इन्द्रेणीको सात रङ्ग, सात वचन, सात बार आदि कुराहरूले सात अङ्कको महत्वलाई दर्साउँछ । त्यसैले सात घोडा भएको तस्वीर आफ्नो घरको बैठक कोठामा लगाउनु वा अफिसका भित्तामा लगाउनु पनि निकै शुभ मानिन्छ ।

यो चित्र घरको भित्तामा राख्दा नकारात्मक ऊर्जालाई हटाइ सकारात्मक ऊर्जा र सोचको सिर्जना गर्दै उक्त घरमा लक्ष्मीको बास, सुख र समृद्धि हुने मान्यता छ । वास्तु शास्त्रका अनुसार दौडिरहेका घोडा गति, सफलता र सामर्थ्यको प्रतीक हुन् । यसले जीवनमा उन्नति गराउँछ ।

वास्तु शास्त्रमा दौडिरहेको घोडाको प्रतीकलाई सफलता, दूरदर्शिता, चतुर्‍याइँ तथा तागतको रूपमा व्याख्या गरिएको छ ।

यसलाई आत्मविश्वास र शुभ सूचक पनि मानिन्छ । जसले यी दौडिरहेका घोडाहरू बारम्बार देख्छन् र स्मरण गर्छन् उनीहरूले कुनै पनि काम तथा शिक्षामा राम्रो प्रगति गर्न सक्छन् । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ३७ बजे

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र