पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित « Khabarhub

पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित निकालेको छ । गएराति दुबईमा भएको खेलमा घरेलु टोली यूएईलाई १९ रनले हराउँदै न्युजिल्याण्ड विजयी भएको हो ।

यो जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । 

न्युजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । यूएईका लागि अर्यांश शर्माले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अली नासिर, वृत्य अरविन्द र आसिफ खानले १३÷१३ रन बनाए । अंश टन्डन १२ रनमा आउट भए ।

न्यजिल्याण्डका कप्तान टिम साउथीले सर्वाधिक ५ विकेट लिए । यस्तै, मिचेल सान्टनरजेम्श निसमले समान २–२ तथा कायल जेमिसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । न्युजिल्याण्डको  जितमा  टिम सिफर्टले ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

यूएईका लागि जुनैद सिद्दिकबासिल हामिदले समान २–२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए । अब दोस्रो खेल भोलि हुनेछ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : ५८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर