पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित « Khabarhub

पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित निकालेको छ । गएराति दुबईमा भएको खेलमा घरेलु टोली यूएईलाई १९ रनले हराउँदै न्युजिल्याण्ड विजयी भएको हो ।

यो जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । 

न्युजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । यूएईका लागि अर्यांश शर्माले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अली नासिर, वृत्य अरविन्द र आसिफ खानले १३÷१३ रन बनाए । अंश टन्डन १२ रनमा आउट भए ।

न्यजिल्याण्डका कप्तान टिम साउथीले सर्वाधिक ५ विकेट लिए । यस्तै, मिचेल सान्टनर र जेम्श निसमले समान २–२ तथा कायल जेमिसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । न्युजिल्याण्डको  जितमा  टिम सिफर्टले ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

यूएईका लागि जुनैद सिद्दिक र बासिल हामिदले समान २–२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए । अब दोस्रो खेल भोलि हुनेछ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : ५८ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय