अजय देवगनसँग विहे गर्नुको कारण खुलाइन काजोलले | Khabarhub Khabarhub

अजय देवगनसँग विहे गर्नुको कारण खुलाइन काजोलले


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री हुन् काजोल । बेखुदीबाट बलिउडमा डेब्यु गरेकी उनले कैंयौ भारतीय चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् । २५ मे १९७२ मा जन्मिएकी काजोलले २५ वर्षको उमेरमा बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेकी हुन् । हाल आएर उनले अजय देवगनसँग विवाह गर्नुको कारण खोलेकी छिन् ।

१६ वर्षको उमेरदेखि नै अभिनय यात्रा थालेकी काजोलले अभिनय यात्राकै क्रममा अजयसँग प्रेमसम्बन्धमा रहेर विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरिन् ।

उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो । हरेक वर्ष ४–५ वटा फिल्महरु आइरहेको थियो । मसँग सबै कुराहरु थियो । पैसा, सफलता भएपनि समय थिएन । त्यसैले विवाह गर्छु र वर्षमा एउटा मात्र फिल्म गर्छु ।’

उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी थिइन् । त्यो भन्दा पनि बलिउड अभिनेता शाहरुख खानसँग ‘कुछ कुछ होता है’ फिल्ममा अभिनय गरेपछि उनी थप चर्चा चुलिएको हो । उनी चलचित्रका अलावा सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छिन् भने भगवान शिवको पूजाआराधनामा पनि उत्तिकै समय खर्चिन्छिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५८ बजे

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा