गत आवमा १५.५ प्रतिशतले घट्यो व्यापार घाटा | Khabarhub Khabarhub

गत आवमा १५.५ प्रतिशतले घट्यो व्यापार घाटा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवका तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो ।

तथ्याङ्कअनुसार गत आवमा कूल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर रु १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौ प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ ।

स्पोञ्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारी साधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेका राष्ट्र बैंकले जनाएको छ ।

गत आवको वैदेशिक व्यापारमा निर्यात/आयातको अनुपात नौ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : ३५ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप