आज २०८० साल भदौ २ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल भदौ २ गते शनिबारको राशिफल


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल भदौ २ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :

मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ५ : ३७ बजे

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको