आज वराह जयन्ती मनाइँदै « Khabarhub

आज वराह जयन्ती मनाइँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक मान्यताअनुसार जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप ललएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि वराहरूपी विष्णुले उद्धार गर्ने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताए ।

सोही सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह (वाराही) मन्दिरमा भीड लागेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ४२ बजे

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत