साम्राज्ञीको फेरि यस्तो तस्वीर सार्वजनिक, चर्चा बटुल्ने काइदा | Khabarhub Khabarhub

साम्राज्ञीको फेरि यस्तो तस्वीर सार्वजनिक, चर्चा बटुल्ने काइदा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता साम्राज्ञी राज्यलक्ष्मी शाह तस्वीरका कारण चर्चासँगै विवादमा तानिएकी छिन् । उनका एक पछि अर्को अन्तरंग मस्तीका तस्वीर सार्वजनिक भएसँगै उनी विवादमा तानिएकी हुन् ।

विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी उनले पहिले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एकल तस्वीरहरु पोस्ट गरिन् । विकिनी अवतारमा प्रस्ततु ती तस्वीहरु एकाएक भाइरल बने । सामाजिक सञ्जालमा प्रायः बिकिनी अवतारमा प्रस्तुत भइरहने साम्राज्ञीका बालीको तस्वीर केही पृथक थिए । मिडियाहरुका लागि ती मसाला बने ।

ती तस्वीर भाइरल बनिरहेका बेला उनका प्रेमीसँग मस्ती गरेका अरु केही तस्वीर सार्वजनिक भए । ती तस्विरहरु उनले आफ्नो फेसबुकमा सार्वजनिक नगरे पनि मिडियामाझ आए । यी तस्वीरले उनीमाथि दर्शकको हेर्न दृष्टिमा केही फरकपन देखियो । त्यही तस्वीरलाई लिएर उनको चर्चा भन्दा बढी आलोचना भइरहेका बेला पुनः उनका केही तस्वीर सार्वजनिक भएका छन् ।

अहिले सार्वजनिक भएको तस्वीरमा उनी प्रेमीसँग केही ड्रिङ्क्स गर्दै स्वीमिङ कस्टुममै देखिएकी छिन् । हालै साम्राज्ञी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेकी छिन् । एकपछि अर्को गरी यस्ता तस्वीर सार्वजनिक भएपछि उनले सुनियोजित रुपमा चर्चा बटुल्ने काइदा अपनाएको चलचित्र वृत्तमा चर्चा चल्न थालेको छ ।

त्यसो त केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन् । केही वर्षयता साम्राज्ञी एकपछि अर्को गर्दै विवादमा तानिएकी छिन् । आजभोलि उनका फिल्मको चर्चा कम र व्यक्तिगत जीवनको चर्चा ज्यादा हुन थालेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : १९ बजे

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।