प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी « Khabarhub

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ ।

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् । ‘राइट टु रिकल’ को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ । “सोह्रवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् । साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ”, सचिव साहले भने ।

पचास  प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’ को प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

“आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो । यसमा फेल हुने सांसदमाथि कारवाही प्रक्रिया सुरु हुनेछ”। सचिव साहले भने, “यो पहिलो वर्ष भएकाले अहिले नै हटाइ हाल्ने त होइन,तर यो मतदानको परिणामले ठूलो महत्व राख्छ ।” जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १ : २१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर