प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि « Khabarhub

प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वर्गीय प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता भएको स्मरण गरेका छन् ।

प्रदीप गिरि स्मृति आयोजक समितिले प्रदीप गिरीको स्मृतिमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल भूमिका खेलेको स्मरण गरेका हुन् । 

निधिले मुलुकमा जनताको अधिकार केन्द्रीकृत शासनबाट मात्रै नभई स्थानीय तहबाट पनि प्रत्याभूत गर्नुपर्छ भन्नेमा गिरिको स्पष्ट अडान गरेको जिकिर गरे । गिरी नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरूको राजनीतिक गुरुसमेत भएको नेता निधिले बताए ।

स्वर्गीय नेता गिरी विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा भएको उनले बताएका छन् ।

कार्यक्रममा स्वर्गीय प्रदीप गिरीको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने जानकारी गराइएको थियो । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरीको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो । 

कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ ।  विसं २००४ असोज २४ गते  जन्मिएका  गिरीको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद निधन भएको थियो । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : १३ बजे

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू

जलस्रोतसम्बन्धी नयाँ कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ– जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा