पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री थापा « Khabarhub

पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री थापा


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युतको विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताएका छन् ।

मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युतमा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए । 

कोशी प्रदेशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो स्थान कचनकवललाई आवश्यक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए। 

नाट्टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव पुण्य भट्टराईले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारलाई सदैव साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : २९ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत