एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन | Khabarhub Khabarhub

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दमौली – एक सातादेखि पहिराका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा गत साउन २६ गते पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएकामा गाउँपालिकाको सहयोगमा पहिरो हटाएर उक्त मार्ग सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको सहयोगमा उक्त ठाउँको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

स्थानीयवासी हर्कबहादुर थापाले पहिरो हटाएपछि यातायात सञ्चालनमा सहज भएको बताए । “पहिराका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, गाउँपालिकाले पहिरो हटाइदिएपछि यातायात चल्न थालेको छ ।”

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकहरु दैनिक आवातजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रेको तयारी गरेको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ४३ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार