सेयर बजारमा २१ दशमलव ९९ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २१ दशमलव ९९ अंकको गिरावट


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अंकको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह तीन दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन एक सय छ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अंकले घटेको छ । 

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अंकले घटेको छ ।

आजको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको शेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अंकले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर(२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू छ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार दुइ सय ४० कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ५२ बजे

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम

काठमाडौं- बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो