जर्मनीद्वारा भारतसँग संयुक्त हवाई अभ्यासको प्रस्ताव « Khabarhub

जर्मनीद्वारा भारतसँग संयुक्त हवाई अभ्यासको प्रस्ताव


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जर्मन वायुसेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इन्गो गेरहर्जले भारतीय वायुसेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव गरेका छन् । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै जर्मनीले भारतसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो ।

पछिल्लो समय जर्मनीले भारतसँग हवाईसँगै नौसैनिक अभ्यासमा पनि जोड दिइरहेको छ । जर्मन र भारतीय नौसेनाले यही वर्षको अन्त्यतिर संयुक्त सैन्य अभ्यास गर्ने तय भएको छ ।

हालै आफ्नो भारत भ्रमणका क्रममा जर्मन वायुसेना प्रमुख गेरहर्जले भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीसँगै अन्य वरिष्ठ भारतीय सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए ।

चीनको बढ्दो प्रभावका कारण जर्मनीले भारतसँगको रक्षा सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गरिरहेको बताइन्छ । गत जुन महिनामा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५२ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट