विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार  « Khabarhub

विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार 


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसदबाट पारित दुई महत्वपूर्ण विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

ती विधेयकहरूले अधिकारीहरूलाई राज्य र सेना विरुद्ध कार्यहरूका लागि व्यक्तिहरूलाई अभियोग लगाउन थप शक्ति दिँदै थियो । कानुन मन्त्रालयले राष्ट्रपतिको यो कदम असंवैधानिक भएको जनाएको छ ।

रोयटर्स समाचारका अनुसार यी विधेयकहरू पाकिस्तानको संसदको दुवै सदनबाट पारित भइसकेको छ। डा. अल्वी पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका सदस्य हुन् । 

डा. अल्वीले सोशल मिडिया प्लेटफर्म एक्समा भने, ‘भगवान मेरो साक्षी हुनुहुन्छ, मैले आधिकारिक गोप्य संशोधन विधेयक २०२३ र पाकिस्तान सेना संशोधन विधेयक २०२३ मा हस्ताक्षर गरिन किनभने म यी कानूनहरूसँग असहमत छु।’

अल्वीले ती हस्ताक्षर नगरिएका विधेयकलाई प्रभावहीन बनाउनका लागि तोकिएको समयभित्र व्यवस्थापिकामा फिर्ता गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको बताए ।

कानुन तथा न्याय मन्त्रालयले भने राष्ट्रपतिको निर्णयलाई गम्भीर चासोको विषय भएको बताएको छ । राष्ट्रपतिसँग दुईवटा विकल्प छन्, या त स्वीकृति गर्ने या विशेष टिप्पणीको साथ संसदमा पठाउने,’  मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

संविधानअनुसार दुवै सदनबाट पारित भएको १० दिनभित्र राष्ट्रपतिले विधेयकको मस्यौदामा हस्ताक्षर नगरे वा आफ्नो टिप्पणी वा आपत्तिसहित फिर्ता गरेमा कानुन निर्माण हुन सक्दैन ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ५६ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी