विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका-७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  २ : ४८ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप