सेयर बजारमा १२.९३ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा १२.९३ अंकको गिरावट


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो ।

यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।

यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्युरेन्स र सोल्टी होटल परेका छन् । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : २४ बजे

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत