फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु « Khabarhub

फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीको मृत्यु भएको छ ।

सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीसँग सो क्षेत्रको टापु प्रान्त मासबेटमा भीडन्त भएको जनाएको छ। गोली हानाहानमा एक जना नेतासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।

करिब ३० मिनेटको भीडन्तपछि अन्य विद्रोहीहरू भागेको सेनाले जनाएको छ । सेनाले राइफल, ग्रेनेड लन्चर र विभिन्न गोला बारुद बरामद गरेको जानकारी दिएको छ ।

दोस्रो झडप शनिबार क्यामरिनेस सुर प्रान्तमा भएको थियो जसमा एनपीए उच्च पदस्थ सदस्यको मृत्यु भएको थियो ।

एनपिए विद्रोहीहरू सन् १९६९ देखि सरकारी सेनाहरूसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमणहरू केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्कले जनाएअनुसार एनपीएमा २,००० सदस्यहरू छन्।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : १० बजे

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८