राष्ट्रियसभा बैठक बस्दै | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

बैठकका सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूचीमा समावेश छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।

नेकपा एमालेले लामो समयदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध पार्दै आएको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने एमालेको माग छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ३० बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए