पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान « Khabarhub

पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू गच्छदार, जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सीआईबी स्रोतकाअनुसार गच्छदार, जोशी र साहसँग बयान लिए पनि श्रेष्ठ भने फरार रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री गच्छदारले तयार गरेका थिए । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : २५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा