शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले गएन « Khabarhub

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले गएन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ ।

एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो। बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने लगायत सहभागी छन्।

बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको थियो। 

तर हिजो साँझ राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा सुन तस्करीमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठित भइसकेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ४१ बजे

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।