जब बाकस भरी औषधि बोकेर बाढी प्रभावित बस्तीमा पुगे डा. गोबिन्द केसी « Khabarhub

जब बाकस भरी औषधि बोकेर बाढी प्रभावित बस्तीमा पुगे डा. गोबिन्द केसी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न विकट स्थानमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी यतिबेला तराईका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

असार २८ गते आएको बाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि डा. केसी बाकसभरी औषधि बोकेर रौतहट पुगेका हुन् । उनले रौतहटको इशनाथ नगरपालिकाको बन्जरहाबाट बाढी पीडितहरुको स्वास्थ्य परिक्षण आरम्भ गरेका छन् ।

बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै जाँदा रौतहट सदरमुकाम गौरमा औषधी सहित आइपुगेका डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गई विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसीसँग स्वास्थ्य परिक्षण गराएका छन् ।

गत शुक्रवारसम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परिक्षण सम्बन्धी कुनै क्याम्प सञ्चालन नभएपछि सो क्षेत्रमा पुगेर डा. केसीले बाढी पीडितहरुको स्वास्थ्य परीक्षण शुरु गरेपछि स्थानीय हर्षित बनेका छन् ।

उनले आफू हाडजोर्नी विशेषज्ञ भएपनि जति सक्दो सेवा सुविधा दिएर जनताहरुलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको बताए । आफू जिवित रहेसम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तरता दिइरने डा. केसीको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ४९ बजे

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत