साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून « Khabarhub

साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै संकलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन । 

साउनमा रू १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर संकलन  गर्ने लक्ष्य राखिएकोमा रू १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै संकलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा रू १४ अर्ब २४ लाख ७२ हजार बरार भ्याट संकलन गर्ने लक्ष्य राखिएकोमा रू ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ रू १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा रू सात अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् रू २२ करोड २० लाख छ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् रू ६५ करोड ७१ लाख ६३ हजार बराबर उठेको छ ।

शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा रू २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा रू २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो । 

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले रू ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९-८० का लागि सरकारले रू छ खर्ब २६ अर्ब ६१ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् रू चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै संकलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले रू छ खर्ब ७७ अर्ब ७३ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : ०६ बजे

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न