एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्छौं : कप्तान रोहित पौडेल | Khabarhub Khabarhub

एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्छौं : कप्तान रोहित पौडेल


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

एसिया कपमामा सहभागी हुन पाकिस्तान जानुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गरिने बताएका हुन् । भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले आफूहरुले कुनै कमजोरी नदोहो¥याउने उनको भनाइ छ । उनले टीममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा उत्कृष्ट नजिता निकाल्न टिमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले खेलाडीले पाँच–महिना इन्डोर प्राक्टिस गरेको र एउटामात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे । खेल अवधिभर लड्नुपर्ने उनको भनाइ छ ।

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ भने भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ३३ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल