इन्जिनियरिङ्गतर्फ स्नातक तह अध्ययनका लागि बढाइएको शुल्क तत्काल फिर्ता लिन नेविसंघको माग | Khabarhub Khabarhub

इन्जिनियरिङ्गतर्फ स्नातक तह अध्ययनका लागि बढाइएको शुल्क तत्काल फिर्ता लिन नेविसंघको माग


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।

गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्ययनका लागि युवाहरु बाहिर गएको अवस्थामा देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका पढ्ने अवस्था नभएको बताए ।

उनले तीन दिनभित्र शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बीई/बीआर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदै नेविसंघले यसका लागि प्राविधिक, व्यावहारिक र जीवन उपयोगी शिक्षालाई समय सापेक्ष रूपमा परिवर्तन गर्न आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : ५४ बजे

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै