‘आइफोन’ उपहारको आश गर्दा… « Khabarhub

‘आइफोन’ उपहारको आश गर्दा…


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए ।

त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।

‘तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ’, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए ।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ ।

उनीहरुको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ ।

उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, वैदेशिक रोजगारीको नाममा इटाली पठाइदिने बहानामा पीडितबाट चार लाखभन्दा बढी लिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इटाली पठाइदिने र त्यसका लागि आठ लाख लाग्छ भने पैसा ठगी गर्ने कालिकोट घर भई काठमाडौँको कीर्तिपुर बस्ने विष्णुरिषी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ०४ बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले