धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील « Khabarhub

धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् ।

शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसैले साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको  समेत गरेको छ  ।

विज्ञप्तिमा नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपी कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद