पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का | Khabarhub Khabarhub

पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए।

‘अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ’, रक्षामन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।’ उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा धारे ।

उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रूपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे । 

उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए। उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।

सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही संकल्पका साथ अघि बढेको जानकारी गराए ।

उनले सरकारले चाँडै लम्पी स्कीन रोगबाट पीडित किसानलाई राहत दिइने र त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ३ : १८ बजे

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली