'मर्स्याङ्दी ग्रुप' ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने | Khabarhub Khabarhub

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ । 

‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको छ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा संविधान सभा सदस्य समेत रहेका जमीन्द्रमान घले रहेका छन् । सदस्यहरुमा चेत बहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन भएका छन्। समितिको प्रमुख सल्लाहकार राप्रपा उपाध्यक्ष समेत रहेका हेमजङ गुरुङ र सल्लाहकारहरूमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन्।

जलविद्युत आयोजना निर्माणको लागि कम्पनीले आवश्यक सबै प्रक्रिया थाल्नेछ । आयोजना निर्माणका लाग्ने बजेट ग्रुपले व्यवस्थापन गर्ने मर्स्याङ्दी गाउँपालिका अध्यक्ष समेत रहेका मर्स्याङ्दी ग्रुपका अध्यक्ष अर्जुन गुरुङले बताए । 

उनका अनुसार छिट्टै सबै कानुनी तथा प्रक्रियागत थालनी कम्पनीले अघि बढाउनेछ । ग्रुपका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको बेलामा संविधान सभा सदस्य जमिन्दमान घले र राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले विशेष सम्बोधन गरेका थिए । दुवैजनाले मर्स्याङ्दी गाउँपालिकाको सर्वाङ्गीण विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिए। 

मर्स्याङ्दी गाउँपालिकामा उद्योग व्यवसाय स्थापना गरेर रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा करिब ५ सय जना जोडिएका छन् । उनीहरूले पहिलो किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् । शेयर राख्न अझै पर्याप्त समय र सूचना नपाएको जनगुनासोलाई मध्यनजर गर्दै भदौ १० गतेसम्म समय थप गर्ने निर्णय गरिसकिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : ३० बजे

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले