लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ « Khabarhub

लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदेश २-०३-००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा ४ ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका का लागि प्रहरी वृत्त जगाती पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले १४ सवारीसाधनका चालकलाई चेक गर्दा तीन जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : २० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर