करेन्ट लागेर तनहुँमा एकै दिन तीन जना घाइते « Khabarhub

करेन्ट लागेर तनहुँमा एकै दिन तीन जना घाइते


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ– करेन्ट लागेर तनहुँमा एकै दिन जना घाइते भएका छन्।

म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टेमा बिजुलीको तार अचानक चुँडिएर पानीमा करेन्ट प्रवाह हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

बाटोमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीता गैरे र २५ वर्षीय सुमिना गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइते दुवैको जिएसी हस्पिटल पोखरामा उपचार भइरहेको छ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन्। स्थानीय ७३ वर्षीय जयराम पाण्डे घाइते भएका हुन्।

पाण्डेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। उनको पनि उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : २० बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ