जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु | Khabarhub Khabarhub

जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी (टिआइपी) का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको दक्षिणमा भएको हो ।

बेलायतस्थित अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने, “जिहादीहरूले सेनाको पोस्टमुनि खनेको सुरुङमा विस्फोट गराए र एकैसाथ अन्य सुरुङबाट आक्रमण सुरु गरे ।”

रूसले इदलिब नजिकैको जिसर अल शुघुर क्षेत्रमा हवाई आक्रमण गरेको एक दिनपछि २० जना सैनिक घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

आक्रमणमा संलग्न दुवै समूह जिहादी हयात तहरीर अल–शाम ९एचटीएस० समूहसँग आबद्ध छन्, जसले इदलिब प्रान्तका केही भागका साथै अलेप्पो, हामा र लाटकियाका केही भागलाई नियन्त्रण गरेको छ ।

यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सोमबार भएको रूसी हवाई आक्रमणमा सरकारी सेनाले गरेको बमबारीमा सात जना एचटीएस लडाकू मारिएका छन् भने अन्य १३ जना मारिएका छन् ।

इदलिब नजिकै रूसी आक्रमणमा परी दुई जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ ।

युद्ध अनुगमनकर्ता समूहहरूले शनिबारको आत्मघाती आक्रमणमा ‘दुई जिहादीले आफ्नो ज्यान लिएको’ र ‘भीषण भिडन्त जारी रहेकाले’ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जनाएका छन् ।

सिरियामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गरेको दमनपछि सुरू भएको सरकार र विपक्षी विचको द्वन्द्वले सन् २०११ देखि सिरिया गृहयुद्धमा फसेको थियो ।

रूसले सन् २०१५ मा राष्ट्रपति बसर अल असदको पक्षमा हस्तक्षेप गर्दै विपक्षी समूहमाथि हवाई आक्रमण गरेको थियो । रूसी आक्रमणपछि सिरियामा विपक्षी समूहहरू कमजोर बनेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : २६ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक