जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ, १ लाख भारतीय रुपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।  

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ०० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक