समानान्तर भेला नगर्न युवा संघ नेपाललाई नेकपा एसको निर्देशन « Khabarhub

समानान्तर भेला नगर्न युवा संघ नेपाललाई नेकपा एसको निर्देशन


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको भातृ संगठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो ।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गरे ।

शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो । संघका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ०२ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा