अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला « Khabarhub

अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले अस्थीरता चाहने केही तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक र धार्मिक सद्भाव बिथोल्न खोजिएको भन्दै आफूहरुलाई त्यो कदापी स्वीकार्य नभएको बताए ।

उनले संविधानमा हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार रहेको भन्दै धर्मका नाममा गरिने राजनीति बन्द हुनुपर्ने जिकिर गरे ।

उनले कुनै उत्तेजना र बहकाउमा नलाग्नसमेत धरानवासीलाई आह्वान गरे । जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन आग्रह गर्दै नेता कोइरालाले साम्प्रदायिक हिंसा फैलिए त्यसको ज्वाला देशैभर फैलिने चेतावनी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ४७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य