दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते « Khabarhub

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा गएराति भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

मन्त्रालयले ३९ जना अग्निनियन्त्रक, दुई जना प्रहरी र दुई जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ ।सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका चार जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको दुईवटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ५५ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक