तिलगंगा आँखा प्रतिष्ठान बन्यो विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र « Khabarhub

तिलगंगा आँखा प्रतिष्ठान बन्यो विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनलेआँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्र घोषणा गरेको छ ।

सोमबार प्रतिष्ठानको २५ औं वार्षिकाेत्सवको अससरमा विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधि डाक्टर जोस भ्यान्डेलायरले प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको घोषणा पत्र हस्तान्तरण गरेका थिए ।

आँखा स्वास्थ्य सेवा, आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धानमा प्रतिष्ठान उत्कृष्ट रहेको भन्दै विश्व स्वास्थ्य संगठनले आफ्नो समन्वय केन्द्रको मान्यता दिएको हो ।

२५ वर्षअघि गौशालामा स्थापना भएको प्रतिष्ठानले ६० लाख भन्दा बढी मानिसको आँखाको परिक्षण गरएको छ भने ४ लाख व्यक्तिको अत्याधुनिक प्रविधिबाट मोतिविन्दु तथा अन्य आँखाका रोगको शल्यक्रियाद्वारा ज्योति प्रदान गरेको छ ।

प्रतिष्ठानमा आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर लगायतका आँखा सम्बिन्ध रोगको उपचार हुँदै आएको छ ।

प्रतिष्ठानले हालसम्म स्वदेश र विदेशका ६ सय ११ जना नेत्र रोग विशेषज्ञ, ७ सय ३२ जना आँखा स्वास्थ्यकर्मी, १ हजार ३ सय ५ जना सामुदायिक स्वास्थ्य कार्यकर्ता र ६ हजार ९ सय १६ जना मेडिकल विद्यार्थीलाई तालिम समेत दिएको जनाएको छ ।

प्रतिष्ठानले आँखा स्वास्थ्यको विषयमा २ सय १० वटा अनुसन्धान गरी १ सय ८३ वटा लेखहरु प्रकाशित समेत गरेको छ । यस्तै, प्रतिषठनले देशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी १ लाख ८० हजार मोतियाविन्दु प्रभावित बिरामीको आधुनिक चिकित्सा प्रविधिबाट उपचार गरी ज्योति प्रदान गरेको जनाएको छ ।

प्रतिष्ठानको वार्षिकोत्सव  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानले गर्ने आँखाको उपचार र अनुसन्धानमा सरकारले सधैं साथ दिने बताए । उनले डाक्टर सन्दुक रुइत र प्रतिष्ठानले आँखाको गुणस्तरीय उपचार सेवा र लेन्स उत्पादनमार्फत नेपाललाई विश्वमा परिचित गराएको पनि बताए ।

प्रधानमन्त्री ओलीले लाखौं बिरामीको आँखाको ज्योति फर्काउनु प्रशंसनीय कार्य भएको भन्दै विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र भएकोमा प्रतिष्ठानलाई बधाई समेत दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आँखा स्वास्थ्यलाई नागरिकको स्वास्थ्य अधिकारको रुपमा राखिएको बताए । स्वास्थ्य मन्त्री यादवले आँखा स्वास्थ्यका लागि प्रत्येक प्रदेशले योजना बनाइ काम गर्नुपर्ने बताए । मन्त्री यादवले अन्धोपन नियन्त्रणका लागि सरकार सक्रिय भएर गैरसरकारी संस्थासँग समन्वय गर्दै अघि बढेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्राध्यपक डाक्टर सन्दुक रुइतलाई पनि सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  २ : ५४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ