तरकारीमा विषादीको प्रयोगले क्यान्सरको खतरा | Khabarhub Khabarhub

तरकारीमा विषादीको प्रयोगले क्यान्सरको खतरा

कीटनाशक औषधिले मिर्गौला फेल गराउन सक्छ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय तरकारी तथा फलफूलमा हानिकारक किरा मार्न विषादीको प्रयोग बढिरहेको छ। हामीले दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग बढ्दो छ। ती विषादी गाउँ र सहरमा जथाभावी किनबेच हुने गरेको पाइन्छ। खासगरी तरकारी पकेट क्षेत्रमा कृषकले विषादीको प्रयोग पर्याप्त जानकारी बिना र सुरक्षाको सावधानी नअपनाई प्रयोग गर्छन्। विषादीको प्रयोग गरिएका खानेकुरा खाँदा त्यसले जनस्वास्थ्यमा ठुलो असर पारेको छ। नेपालमा कृषि व्यवसायीकरणसँगै बढ्दै गएको विषादीको प्रयोग र किनबेचले मानिसको स्वास्थ्यमा नकारात्मक असर पारेको चिकित्सकले बताएका छन्। यसै विषयमा आधारित रहेर खबरहबका लागि जनस्वास्थ्यविद् शरद वन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :

रसायनिक विषादीको प्रयोग भएका खाने कुराले स्वास्थ्यमा कस्तो असर गर्छ ?
कृषिमा प्रयोग हुने रसायनिक विषादीको प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसले कति असर गरेको छ भनेर हामीले अहिलेसम्म यो सम्बन्धी रेकर्ड पाएका छैनौँ। तर, विषादीले स्वास्थ्यमा नकारात्मक असर धेरै नै पार्दछ।

पछिल्लो समय धेरै फल्ने वा राम्रो हुने भन्ने लोभमा कृषिमा अग्र्यानिक मलको सट्टा रसायनिक मलको प्रयोग गरिन्छ। जसले माटोको प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसमा उम्रिने विरुवाको पनि प्रतिरोधात्मक क्षमता घ्टछ। जसका कारण कीटाणुले आक्रमण गर्छ। त्यसका लागि कीटनाशक औषधिको बढी प्रयोग गरिन्छ।

विषादीको प्रयोगले जनस्वास्थ्यलाई तत्कालीन रूपमा कस्तो असर गर्छ ?
विषादीको प्रयोगले तत्काल पार्ने असर भनेको शरीरमा सामान्य एलर्जी र छाला सम्बन्धी समस्या हो।

विषादीको प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन रूपमा कस्तो असर गर्दछ ?
दीर्घकालीन रूपमा यसले पार्ने असर भनेको क्यान्सरदेखि मिर्गौला, नशा, छाला सम्बन्धी रोग देखा पर्दछन्। त्यसैले कुन हदसम्म हामीले विषादीको प्रयोग गरेका छौँ, त्यसमा पनि भर पर्दछ।

जनस्वास्थ्य प्रतिष्ठान, नेपालले गरेको अध्ययन अनुसार गर्भावस्थामा त्यसको स्पर्शमा आयो भने कम तौल भएको बच्चा जन्मिने रहेछ। कीटनाशक औषधिले क्यान्सर गराउन सक्ने सम्भावना छ। कीटनाशक औषधिले मिर्गौला फेल गराउन सक्ने सम्भावना पनि देखिएको छ।

यो विषादीको प्रयोगलाई कसरी घटाउन सकिन्छ ?
हामीले प्रयोग गर्ने कृषि उत्पादनमा विषादीको प्रयोगले तत्कालीन र दीर्घकालीन रूपमै असर गर्छ। दीर्घकालीन असरले असाध्यै नकारात्मक प्रभाव पार्दछ। नकारात्मक प्रभाव भनेको हाम्रो आगामी पुस्तामा पनि पर्दछ। त्यस्ता उत्पादन खरिद गर्दा राम्रो हेरेर मात्र हुँदैन। रसायनिक विषादीको प्रयोग भएको छ कि छैन भनेर जान्नु आवश्यक छ। उपभोक्ताको प्रयासमा नै रासायनिक विषादीको प्रयोग कम हुँदै जान्छ।

विषादी प्रयोग गरिएका तरकारीप्रति उपभोक्ता कसरी सचेत हुने ?
उपभोक्तामा विषादीले स्वास्थ्यमा पार्ने असर यस्ता छन् भनेर चेतना आउनु जरुरी छ। विषादी प्रयोग गरिएका तरकारीहरू देख्दैमा छुट्टाउन सहज हुँदैन। उपभोक्ताबाटै प्राङ्गारिक उत्पादनहरूको माग हुनुपर्छ। यसको लागि प्राङ्गारिक उत्पादनको लागि बजारको छुट्टै व्यवस्थापन हुनुपर्छ। बजारमा एकै ठाउँमा तरकारी बिक्रीका लागि राखिएको छ भने पनि यो प्राङ्गारिक उत्पादन हो भनेर छुट्टाउनुपर्छ। यसको लागि उचित मात्रामा बजार व्यवस्थापन भयो भने प्राङ्गारिक उत्पादनको माग बढ्छ। सबै भन्दा महत्वपुर्ण कुरा भनेको उपभोक्ताहरूमा प्राङ्गारिक उत्पादनको सचेतना र माग दुवै हुनपर्छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा