यस्तो देखियो साउन महिनाको पहिलो सोमबार पशुपतिमा (फोटो फिचर) | Khabarhub Khabarhub

यस्तो देखियो साउन महिनाको पहिलो सोमबार पशुपतिमा (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट साउन महिनाको सोमबारे व्रत शुरु भएको छ । आज पहिलो सोमबारको व्रत देशभरका शिवालयमा जल चढाउने र पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ ।

कल्याणकारी देवता मानिने शिवलाई दूध र जल अभिषेक गरेर भक्तिपूर्वक पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबार व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र चितवनको देवघाट, खोटाङको हलेसीलगायतका शिव मन्दिरमा देख्न सकिन्छ ।

गेरु वस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

पशुतिनाथमा व्रतालुहरुको बिहानैदेखि भिड रह्यो । पशुपतिनाथमा पूजाका लागि पुगेका व्रतालुहरुका केही तस्बिर हेरौँ ।

तस्वीर- अदीप श्रेष्ठ

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : ५६ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित