तनहुँमा बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ | Khabarhub Khabarhub

तनहुँमा बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो । अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदै आएको प्रहरीले जनाएको छ । 

घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् । 

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। 

‘प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ’, उनले भने, ‘अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ५६ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन