आज कति छ फलफूल तथा तरकारीको मूल्य ? « Khabarhub

आज कति छ फलफूल तथा तरकारीको मूल्य ?


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७०, टनेल गोलभेडा सानो ७५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ५०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी १००, टाटे सिमी ९०, तितो करेला ९०, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ , लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, तोफु ११०, पिँडालु ७०, तामा ९०, चुकुन्दर ७०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० रुपैयाँ रहेको छ ।

यस्तै रुख कटहर ६०, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा १२०, जुनार ३००, केरा दर्जनको १५०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ५९ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर