छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मंगलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भई धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १ : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार