संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान  « Khabarhub

संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

दोहासंखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ ।

जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा सम्मान गरिएको अध्यक्ष खनालले बताए ।

सम्मान कार्यक्रममा उनले हालसम्म नेपालका लागि गरेको योगदानका लागि संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्ट कतारले उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको थियो ।

सम्मान कार्यक्रम समाजको तर्फबाट अध्यक्ष खनाल लगायत अन्य पदाधिकारी तथा रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाल तथा पुनम दाहालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ४३ बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको