रैथाने आलु बाली जोगाउन अनुदानका कार्यक्रम सञ्चालन  « Khabarhub

रैथाने आलु बाली जोगाउन अनुदानका कार्यक्रम सञ्चालन 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो ।

केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउनका लागि रू १० लाख बजेट विनियोजन गरेको जनाएको छ । बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलब्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताए। उनका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ । 

‘छनोट भएका किसान, किसान समूह र सहकारीलाई सुदूरपश्चिम प्रदेशअन्तर्गत कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन नियमावली अनुसार कार्यक्रम सञ्चालन गरिनेछ’ जोशीले भने, ‘अनुदान परिचालन गरी तीनवटै पालिकामा पेस गरिएका प्रस्तावका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत २५ हेक्टर क्षेत्रफलमा रैथाने आलु बालीको व्यावसायिक खेती गर्ने लक्ष्य लिइएको छ ।’ 

खानमा स्वादिलो र थोरै मेहतमै धेरै फल्ने रैथाने आलु लोपोन्मुख अवस्थामा पुगेपछि प्रवर्द्धनका लागि कार्यक्रम अगाडि बढाइएको जोशीको भनाइ थियो । ‘रैथाने आलुलाई स्थानीय थारु समुदायले घरैया आलु भन्ने गर्दछन् । घरैया आलुको माग बजारमा बढ्दो छ’, उनले भने । 

जोशीका अनुसार उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको खेतीप्रति किसानको आकर्षण बढ्दै गएपछि रैथाने जातका आलु ओझेलमा पर्दै गएका छन् । थारु समुदायले पूर्खौंदेखि रैथाने आलुको खेती गर्दै आएका उनले बताए ।

‘थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले माग अनुरूप उत्पादन गर्न नसकिएको छैन्’, किसान कालुराम चौधरीले भने, ‘बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरूप पुर्‍याउनै सकिदैन ।’ परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहीनेडुढुवालगायतको रोग सहन सक्ने क्षमता भएकाले यसको माग बढेको उनले बताए ।

कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रम सञ्चालन गरेपछि रैथाने आलु खेती गर्दै आएका किसानको मनोबल वृद्धि भएको शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए । ‘खेती गर्दै आएका किसानलाई हौसला बढेको छ’, उनले भने, ‘यस खेती प्रति अन्य किसानको आकर्षण पनि बढ्छ भन्ने लागेको छ ।’ 

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात पाँच ग्रामदेखि १० ग्रामको मात्रै हुने बुढाऐरले जानकारी दिए। उनका अनुसार हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा दाना ठूलो उत्पादन हुन थालेका छन् ।

स्थानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया (रैथाने) आलु २० किलो बीउको एक क्विन्टल बढी उत्पादन हुने गरेको छ  ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४६ बजे

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर