विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन « Khabarhub

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए । उपसभामुख, सचिवालयका सचिव र दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा उनले समितिको कार्यसञ्चालन कसरी गर्ने, कार्यसञ्चालनको वर्तमान स्थिति, विधेयकको अवस्थाका विषयमा छलफल गर्दै प्रभावकारी कार्य सञ्चालनका लागि निर्देशन दिएका हुन् ।

बैठकपछि सभामुख घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । 

‘संसद्को प्रभावकारिता भनेको संसदीय समितिको प्रभावकारिता हो । विषेश किसिमका विधेयक समितिमा गएका छन् । अब आउने विधेयक पनि समितिमै जान्छन्’, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुङ्ग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्छ ।’

अर्थ समितिको सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडि बढाउने विषय र समितिका कामलाई चुस्त बनाउनेलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए । ‘सभामुख र सचिवले सभापतिको भूमिकाअन्तर्गतर रही छिटोछरितो र चुस्त काम गर्नुपर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘सभामुखले पनि सभापतिले आफ्नो भूमिका इमान्दारिताका साथ अघि बढाउन र प्रभावकारी कार्यसम्पादनका लागि निर्देशन दिनुभएको छ ।’

कानून, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदीले समितिमा रहेका विधेयक र समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले आग्रह गरेको बताए  ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : १९ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको